असार ३०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्व सरगर्मी पनि बढेको छ । यही भदौ २० गते हुने निर्वाचनमा नेतृत्वका आकांक्षीहरुको भिड बढ्दै जाँदा पूर्व टान महासचिब समेत रहेका कर्ण लामाले भने टानलाई राम्रोसँग नबुझेका व्यक्तिले टानको नेतृत्वमा दाबी गर्ने गरेको भन्दै असन्तुष्टी जनाएका छन । उनले योग्यता, क्षमता हुँदैमा नेतृत्व नै दाबी गर्नु नपर्ने भन्दै युवा व्यावसायीहरुलाई पनि नेतृत्व बाहेकका पदाधिकारी पदहरुमा रहेर नेतृत्वमा अग्रज व्यावसायीलाई सहयोग गर्न आह्वान समेत गरे ।
गन्तव्य नेपालसँग कुरा गर्दै लामाले आफु यसअघि महासचिब भईसकेको भएपनि अग्रज व्यावसायीले नेतृत्वमा दाबी गरे आफु उनीहरु मातहतकै द्धितिय उपाध्यक्ष हुन समेत तयार रहेको बताए । भन्छन,‘ योग्यता छ भन्दैमा युवा व्यावसायीहरुले नेतृत्व गर्छु भन्दै कराउँदै हिड्दै छन, हतार नगरौँ, पालो बिस्तारै आउँछ, अग्रजलाई नेतृत्व स्वीकारौँ’– उनले भने ।’
प्रश्तुत छ, टानको नेतृत्व सरगर्मी र अबको नेतृत्व चयन केकसरी हुनुपर्छ भन्ने सन्दर्भमा टानका पूर्व महासचिव कर्ण लामासँग गरिएको कुराकानी ।
१. कर्ण लामा कमजोर भैसक्यो, महासचिब भैसकेको व्यक्ति द्धितिय उपाध्यक्ष बन्न तयार छु, भन्दै हुनुहुन्छ । यो स्थीति कसरी आईपर्यो ?
योग्य क्षमतावान व्यक्ति नेतृत्वमा जानुपर्छ, म भन्दा पनि सक्षम व्यावसायीक नेतृत्वहरु छन, उनीहरुले टान सञ्चालन गर्नुपर्छ भन्ने अर्थमा भनेको हुँ । किनभने हिजोका दिनमा सभासद भईसकेका कमानसिंह लामा टानको सदस्य हुन आईपुगेको ईतिहास पनि हामीबिच छ, त्यसैले कमजोर भएको होईन ।
२. भनेपछि टान अध्यक्ष बन्ने तपाईको हैसियत छैन ?
म भन्दा सक्षम नेतृत्व छन भनेको हुँ, उनीहरुले नेतृत्व गरेभने म उनीहरुकै पदाधिकारी भएर काम गर्न तयार छु । मेरो भनाई योग्य मान्छे टानमा पुगोस भन्ने हो । मेरो हैसियत नभएर होईन ।
३. टानमा महासचिब भईसकेको व्यक्ति नेतृत्वसिप सिक्नुभएन ?
दाबी गर्नको लागि त मैले अहिले नै अध्यक्ष बन्छु भन्दा फरक पर्दैन, जित्न पनि सँकुला, तर मेरो कारणले अग्रज रोकिनु भएन नी ।
४. टान हामी हाँक्छौ, बुढाले काम गरेनन भनेर युवा व्यावसायीहरु मैदानमा उत्रिरहेका बेला तपाई अग्रजको रटान लगाउनुहुन्छ, तपाई युवा व्यावसायीलाई नेतृत्वमा नमान्ने हो ?
मैले किन मान्ने ?, उनीहरु आउँछन भने म पनि अध्यक्षमा भिड्न तयार छु ।
५. भनेपछि तपाई युवा बिरोधी हो ?
जितिन्छ भन्दैमा मेरै लागि राखेको पद हो जसरी हौसेर नआउँनुस, टानको मर्मलाई बुझेको पनि हुनुपरयो नी । बुझ्नु भएको छ भने ठिक छ । त्यसपछि सोचौला ।
६. युवा व्यावसायीहरुमाझ मुक्ति पाण्डे पनि नेतृत्व दाबी गर्दैहुनुहुन्छ, भनेपछि तपाई उहाँलाई असहयोग गर्नुहुन्छ ?
उहाँ यसअघि सचिब भैसकेको व्यक्ति महासचिबमा उठ्नुस, त्यसैमा राम्रो होला । होईन नेतृत्व नै गर्ने हो भने चुनाबमा उठीसकेपछि उहाँभन्दा राम्रो आएछ भने उसलाई सहयोग गर्छु, नत्र अर्को भन्दा मुक्ति नै राम्रो देखियो भने त्यसमा सहयोग नै हुन्छ ।
७. तर तपाईले भन्दैमा हुन्छ र, तपाईले भन्दैमा चुनाबमै नउठ्ने भन्ने कुरा व्यावहारिक भएन नी ?
मैले उठ्न रोक लगाएको छैन, मैले आफुलाई लोभ लागेर पनि होईन, टानको समस्या समाधान गर्न सक्ने नेतृत्व सबैकुरा बुझेको हुनुपर्छ यसमा म बिश्वस्त छु ।
८. कर्ण लामा नेतृत्व असक्षम व्यक्ति हो ?
हिजो पनि म महासचिबमा जान्न भनेको थिएँ, त्यहाँ साथीहरुले मेरो आवश्यक्ता देखे, म गएँ । मलाई नेतृत्व लिन गाह्रो भएर होईन, म भन्दा राम्रा मान्छे आउन सकुन भनेर हो । जुनियरले टान कब्जा गर्ने स्थीतिमा म नेतृत्व लिन तयार हुन्छु । तर यो भन्दा ठुलो कुरा अब म भन्छु, यसपटक म चुनाबमा उठ्ने योजनामा छैन ।
९. महासचिब हुँदा चन्द्र रिजाललाई निकै असहयोग गर्नुभयो नि ?
त्यो होईन, टानलाई सुदृढ बनाउने सन्दर्भमा बिषयगत बहश भए होलान, तर सहयोग नै गरेँ असहयोग गरिनँ ।
१०. नवराज दाहाल चै कस्ता मान्छे हुन ?
सबै पक्षलाई मिलाएर लैजान उहाँले सक्नुभएन जस्तो लाग्छ । मान्छे सबै कुरामा पूर्ण हुँदैन, रिजाल र दाहाल दुबै ९० प्रतिशत ठिक छन, १० प्रतिशत त यताउती भैहाल्छ ।
११. दाहालले बहुतै राम्रो गरे भन्न खोज्नुभाको हो ?
हो, भोली आउने कार्यसमितीले टुंगो लगाउला । समिक्षा होलान, नराम्रो भन्न सक्तिन ।
१२. तपाई डराई रहनुभएको छ की क्या हो ?
म किन डराउने हिजोका दिनमा उहाँहरु मेरो नेता, कार्यकर्ता दुबै भुमिकामा काम गरे । अहिले पनि व्यावसायिक साथीहरु नै हुनुहुन्छ । कहिले नेता कहिले कार्यकर्ता ।
१३. तपाई अग्रज अग्रज भनिरहनु भएको छ, अग्रजको परिभाषा चै कस्तो ? भोटो फटाएको हो ?
लामो समयसम्म व्यावसायीहरु माझ बसेर टानका समस्या बुझेको, सार्बजनिक जनसरोकारका बिषयमा खुल्ला रुपमा सदस्यहरु माझ अन्र्तक्रिया गरेर बिश्वस्त तुल्याउन सक्ने व्यक्तिको कुरा गरेको हुँ । भोटो फटाएको मात्रै होईन, फटाउनै नहुने पनि होईन । त्यो भन्दा बढि श्रृजनात्मक हुनुपर्यो ।