Jul
15

सुन्दरीजलमा पाँचौँ राष्ट्रिय ‘क्यानोनिङ महोत्सव’ सम्पन्न

 

सुन्दरीजलमा पाँचौँ राष्ट्रिय ‘क्यानोनिङ महोत्सव’ सम्पन्न

प्रकाशित मिति: 2019/07/14

असार २९, काठमाडौं ।नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल क्यानोनिङ एशोसिएसनले पाँचौँ राष्ट्रिय ‘क्यानोनिङ महोत्सव–२०१९’  महोत्सव सम्पन्न गरेको छ ।

नेपाल क्यानोनिङ एशोसिएसनका अध्यक्ष राजेन्द्र लामाले भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने उद्देश्यले सुन्दरीजलस्थित स्यालमती खोलाको झरनामा गरिएको क्योनोनिङमा ६५ जनाले क्यानोनिङ गरेको बताए ।

क्यानेनिङ डोरीको सहायताले पानीको छाँगामा चिप्लेटी खेलिने एक साहसिक खेल हो । यसमा झरना (छाँगा) को शिरबाट फेदीमा ओर्लेर मनोरञ्जन गरिन्छ ।

काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, सिन्धुपाल्चोकका जम्बु, काब्रे, हाँडी, गलुङ र फयाङफुङ झरना तथा धनकुटाको नमस्ते झरनामा व्यावसायिक रुपमा क्यानोनिङ गराइन्छ । त्यसबाहेक स्याङ्जा, मनाङ, धादिङ, ओखलढुङ्गा र पर्वतका केही झरनामा क्यानोनिङ हुन्छ । नेपालमा वार्षिक करीब १० हजारले नेपालका झरनामा क्यानोनिङ गर्ने गर्छन् । तीमध्ये एक हजारको सङ्ख्यामा विदेशी हुन्छन् ।